Tuesday, May 22, 2018
HOT NEWS

गजल

नृपेश उप्रेती “योगपुत्र”
मुसाफिर युके

यो मनभित्र चलेको आँधीहुरी छ
जवानीको पनि बेग्लै मजबुरी छ

दिल चोर्नेलाई के कारबाही हुन्छ?
मैले पनि गर्नुपर्ने एउटा उजुरी छ !

नजरका प्यास अझै मेटिएका छैनन्
तिमीलाई भने फर्कनै आतुरी छ !

घर सम्म मलाई बोलाएर प्रिया
यसरी आँगनी मै राख्न जरुरी छ?

दुनियाँलाई समेत बसमा पार्न सक्ने
तिमीमा लुकेको एउटा कस्तुरी छ !

 

2017 Copyright. All right Reserved. Site develop by linkimpulse.com