भैरहवा – ‘मिस लुम्बिनी सिजन–२’को उपाधि भैरहवाकी २१ वर्षीया मेनुका खनालले चुमेकी छिन् । भैरहवाको टाईगर प्यालेस रिसोर्टमा ड्रिम्स मिडियाद्धारा आयोजित सो प्रतियोगितामा आफ्ना प्रतिस्पर्धीलाई उछिन्दै मेनुकाले मिस ट्यालेन्ट यो उपाधि चुमेकी हुन् । उनले ५० हजार रुपैयाँ र विभिन्न उपहार पनि हात परेकी छन् ।
प्रतियोगितामा बुटवलकी १८ वर्षीया मोनिका भण्डारीले २० हजार रुपैयाँ सहित फस्ट रनर अप र तिलोत्तमा नगरपालिकाकी २१ वर्षीया सिता न्यौपानेले १० हजार रुपैयाँ सहित सेकेन्ड रनर अपको उपाधि जितिन् ।
सो प्रतियोगिताको अन्य शिर्षक तर्फ संगीता काफ्ले मिस पर्सनालिटी डिजर्भिङ, श्रेया रायामाझी बेस्ट वाक, सपना चौधरी मिस फोटो जेनिक, हिरा थापा मिस मल्टिमिडिया र खुस्बु अधिकारी क्षत्री मिस कन्फिडेन्टको उपाधि प्राप्त गर्न सफल भए ।
नेपाल चलचित्र संघका अध्यक्ष एवं चलचित्र निर्माता प्रदीप कुमार उदयले बिजेताहरुलाई अवार्ड प्रदान गरेका थिए । प्रज्ञा तिवारी बरालको कोरियोग्राफीमा सम्पन्न सो प्रतियोगिताको निर्णायकमा नेपाल जेसिसका पूर्व अध्यक्ष अनुपमान सैंजु, मिस नेपाल एशिया प्यासिफिक–२०१६ अंशु केसी, अभिनेता एवं मोडल पियुस कर्ण, मोडल न्यान्सी थापा र पत्रकार एवम् चलचित्र निर्देशक डब्बु क्षत्री थिए ।
प्रदेश ५ का युवतीहरुको व्यक्तित्व विकाश सहित उनीहरुको प्रतिभा प्रस्तुतिका लागि गत वर्षबाट मिस लुम्बिनी आयोजना गर्दै आएको आयोजक एवम् ड्रिम्स मिडियाका अध्यक्ष प्रकाश दर्लामी मगर (योगेन्द्र)ले बताए ।