काठमाडौं – देशभरका हलमा चलचित्र ‘कान्छी’ विहिबारबाट रिलिज हुँदैछ । यसैबीच नायक दयाहाङ राइ र नायिका स्वेता खडकाका केहि रोमान्टिक तस्बिर बाहिरिएका छन् ।
पोखराको फेवातालमा खिचिएको तस्बिरमा स्वेतालाई रातो गुलाब दिदै दयाहाङ राई मुस्कुराएका छन् ।
नायिका स्वेता खड्का उत्साहित हुँदै चलचित्र उत्कृष्ट बनेको र दर्शकको मन जित्ने विश्वास समेत व्यक्त गरेकी छिन् ।
आकाश अधिकारीको निर्देशनमा बनेको यो चलचित्रले गाउँकी ‘कान्छी’को कथालाई उठान गरेको छ । नायिका स्वेता खड्काले चलचित्र क्षेत्रमा आफ्नो कमब्याक सबैको मायाको कारणले भएको भन्दै हलमा दर्शकले पनि साथ दिने विश्वास व्यक्त गरेकी छिन् । चलचित्रमा समावेश ‘चरी चट्ट परि फूरुरु’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ ।